गत आर्थिक वर्षमा मन्जुश्री फाइनान्स Manjushree Finance Limited को खुद नाफा २८४.११ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले २८.०९ करोड खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ७ करोड ३१ लाख थियो । गत आर्थिक वर्ष कम्पनीले २० करोड ४२ लाख गैर संचालन आम्दानी गरेपछि कम्पनीको खुद नाफा ह्वात्तै बढेको हो ।
यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ९४ लाख छ । यस हिसाबमा कम्पनीले १४.६० प्रतिशत लाभांश दिन सक्ने छ। तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।
यस अवधिमा कम्पनीको निक्षेप २२.११ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड पुगेको छ भने ऋण प्रवाह ३.६८ प्रतिशतले बढेर ५ अर्ब ८१ करोड पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६.०७ प्रतिशतले बढेर ३८ करोड ५ लाख पुगेको छ । त्यस्तै कम्पनीको खराब कर्जा ३.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशत कायम भएको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३४.३४, नेट वर्थ १४८.४०, र मूल्य आम्दानी अनुपात ८.९७ गुणा, बेस रेट १०.६७, कोषको लागत ८.०९ प्रतिशत र सिसिडि ७७.७६ रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८१ करोड ८१ लाख रहेको छ ।