तिनाउँको कमाईमा देखियो मर्जरको सकारात्मक इफेक्ट, नाफासँगै ब्यापारमा उल्लेख्य प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 10:45:12 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउँ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ४ गुणाले बढी मुनाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कोरोनाले अर्थतन्त्र खुम्चिएको बेलापनि बैंकले ३८२ प्रतिशतले मुनाफा बढाएर सन्तोषजनक प्रगति देखाएको छ। अघिल्लो आर्थिक बर्ष ४ करोड ७ लाख नाफा गरेको बैकले गत आर्थिक बर्ष १९ करोड ६८ लाख आर्जन गरेको छ। 

यस अवधिमा बैंकले ५२ प्रतिशतले बढाएर १६ अर्ब ५ करोड  निक्षेप आर्जन गरेको छ भने ३९ प्रतिशतले बढाएर १२ अर्ब ३३ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्ष बैंकले मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी करिब २०० प्रतिशतले बढेर ६५ करोड ३० लाख आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष बैंकको खुद ब्याज आम्दानी २१ करोड ७९ लाख थियो।

गत आर्थिक बर्षको बैंकसंग वितरयोग्य मुनाफा ११ करोड २९ लाख रहेको छ।  नेपाल कम्युनिटी डेभलपमेन्टसँगको मर्जरले कोरोनाले सृजना गरेको कठिन परिस्थितिमा पनि तिनाउँको ब्यालेन्ससिटमा उल्लेख्य प्रगति देखिएको हो। 

यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब ८१ करोड छ भने ४१ करोड ४५ लाख रिजर्भमा रहेको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात ०.३४ प्रतिशतबाट बढेर १.५३ प्रतिशत पुगेको छ। त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १० रुपैयाँ ८५ पैसा, प्रति सेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा र मुल्य आम्दानीको अनुपात १६ दशमलब १२ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved