गत आर्थिक वर्ष (२०७६/७७) मा साधना लघुवित्तको खुद नाफा १५१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७५/७६ मा कम्पनीले १ करोड ६० लाख खुद नाफा गरेकोमा कम्पनीको खुद नाफा बढेर ४ करोड २ लाख पुगेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ६२ लाखबाट १९६ प्रतिशतले बढेर १३ करोड ७३ लाख पुगेको छ । सोहि अवधिमा कम्पनीको संचालन मुनाफा २ करोड ५२ लाखबाट बढेर ३ करोड ५७ लाख पुगेको छ ।
कम्पनीको कर्जा प्रवाह ४४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड पुगेको छ भने कम्पनीको निक्षेप ४५ करोड ५३ लाख पुगेको छ। यस अवधिमा कम्पनीले १ अर्ब २२ करोड सापटी लिएको छ । कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख रहेको छ भने रिजर्भ ६ करोड १२ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १८.५०, खराब कर्जा, ०.६८ प्रतिशत, नेट वर्थ १२८.१२ र कोषको लागत १०.४२ प्रतिशत रहेको छ ।
कम्पनीले हालै मात्र सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको हो । कम्पनीको आईपिओ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हुन बाँकि छ ।