८४ प्रतिशतले बढ्यो स्पर्स लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 09:31:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा स्पर्स लघुवित्तकोको खुद नाफा ८४.५७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ करोड ५६ लाख खुद नाफा गरेकोमा गत आथिक वर्षमा कप्मनीको खुद नाफा २ करोड ८८ लाख पुगेको हो ।  

कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४१ लाखले बढेर ७ करोड ५२ लाख पुगेको छ । ९ करोड ३७ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३ करोड ६७ लाख रहेको छ । त्यस्तै कम्पनीको सापटी ६८ करोड ५८ लाखले बढेर ७१ करोड २० लाख रहेको छ । 

कम्पनीको खराब कर्जा ०.४९ प्रतिशतले बढेर १.७६ प्रतिशत पुगेको छ । कम्पनीको प्रति शेयर आम्दानी ३०.७४, नेट वर्थ १३९.२२३, मूल्य आम्दानी अनुपात २९.७७ गुणा र कोषको लागत १०.४५ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved