१७ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 10:24:37 AM मा प्रकाशित

laxmi sunrise bank

आर्थिक वर्ष ७६/७७ मा नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ करोड २३ लाख खुद नाफा गरेकोमा कोषले गत आर्थिक वर्ष ५४ करोड २६ लाख खुद नाफा कमाएको हो 

कोषको ब्याज आम्दानी भने दोब्बर बढीले बढेको छ। कोषले अघिल्लो आर्थिक वर्षमा ३ करोड १३ लाख ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्ष ८ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ । कोषले हकप्रद निष्काशन मार्फत पुँजी ३ अर्ब पुर्याउने तयारी गरेको छ । 

यस अवधिमा  कोषको प्रति शेयर आम्दानी ३३ रुपैयाँ, प्रति शेयर नेट वर्थ २१८ र  लगानीमा प्रतिफल ८.८४ प्रतिशत रहेको छ । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved