५० प्रतिशतले बढ्यो अजोड इन्स्योरेन्सको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 08:58:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा अजोड इन्स्योरेन्सको नाफा ५०.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा  कम्पनीले ४ करोड ११ लाख खुद नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनीको नाफा बढेर ६ करोड २० लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको बीमा कोष ३ करोड ५ लाखबाट बढेर ६ करोड १६ लाख पुगेको छ । कम्पनीको जगेडा १ करोड ९३ लाखबाट बढेर ४ करोड ५४ पुगेको छ । 

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १५ करोड ५१ लाखबाट बढेर २७ करोड ७९ लाख पुगेको छ । त्यस्तै कम्पनीले यस अवधिमा ८ करोड ७२ लाखको दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा  कम्पनीको दाबी भुक्तानी १ करोड ३१ लाख रहेको थियो । कम्पनीले ९१ हजार २ सय २७ पोलिसी बिक्रि गरेको छ ।

यस अवधिमा कम्पनीले प्रति शेयर आम्दानी ८.६८ र नेटवर्थ ११४.९८ उल्लेख गरेको छ । तर कम्पनीले हालै निष्काशन गरेको आईपिओलाई वित्तीय विवरणमा समायोजन गरेको छैन । आईपिओ समेतलाई समायोजन गरेपछि कम्पनीको प्रति शेयर आम्दानी र नेटवर्थमा केहि गिरावट आउने छ । 

आईपिओ समायोजन नगरेकोले कम्पनीले आफ्नो वित्तीय विवरणमा  चुक्ता पुँजी ७१ करोड ५० लाख उल्लेख गरेको छ । तर ३० करोडको आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब नाघिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved