एशियन लाइफ ४ अर्ब बढी बीमाशुल्क संकलन गर्न सफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 10:24:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company ले आर्थिक वर्ष ७६/७७को चौथो त्रैमासमा ४ अर्ब ५४ करोड  रुपैयाँ  खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।  कम्पनीले अघिल्लो आवको सोही अवधिमा वर्ष ४ अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

इन्स्योरेन्सको खुद दाबी भुक्तानी ११ करोड ५७ लाख रुपैयाँ बढेर ५२ करोड ५ लाख ४० हजार रुपैयाँ पुगेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा १८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड १९ लाख रुपैयाँ बढी हो  । 

२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ, जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड १२ लाख रुपैयाँ सञ्चित छ । 

अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ५२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १७ अर्ब १ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड ३० लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हालसम्ममा २७ अर्ब ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या २ लाख ९० हजार ७२३ छ ।  

इन्स्योरेन्सले सो अवधिसम्ममा ७ हजार १५७ कुल दाबी बापत १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने ८६ दाबी बापतको २ करोड १७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved