आईपिओ निष्काशनको तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्सको यस्तो छ प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 12:07:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ५६ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ६ करोड ८ लाख रुपैयाँ बढेर १३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ६ करोड ४० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १ करोड ६३ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सले ४२ हजार ३८३ वटा बीमालेख जारी गरी ३५ करोड २६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस्तै, ८०७ वटा दाबी बापत कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४०६ वटा दाबी बापत ७ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। बीमा समितिको निर्देशन अनुसार न्युनतम एक अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछ। 

कम्पनीको जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ, बीमा कोषमा ५ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५७ लाख ४९ हजार रुपैयाँ सञ्चित छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved