झन्डै २ अर्बले घट्यो टेलिकमको नाफा, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 08:43:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको नाफा एक अर्ब ८९ करोड रुपैयाँले घटेको छ ।आर्थिक वर्ष ७५/७६ मा ९ अर्ब ७५ करोड नाफा कमाएको टेलिकमको नाफा गत आर्थिक वर्षमा घटेर ८ अर्ब ५५ मा सिमित भएको हो । 

यस अवधिमा कम्पनीको आम्दानी पनि ४३ अर्ब ८३ करोडबाट घटेर ४१ अर्ब ४९ करोडमा सिमित भएको छ । सेवा बिक्रिबाट हुने आम्दानी पनि घटेर ३६ अर्ब ८६ करोडबाट घटेर  ३४ अर्ब ५७ करोडमा सिमित भएको छ ।

कम्पनीले कोभिड महामारीको कारण नाफा घटेको जनाएको छ। कम्पनीले महामारीको अवधिमा ५३ करोड ४० लाख बराबरको निशुल्क बोनस प्रदान गरेको, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटा छुट प्रदान गरेको, ५ करोडको निशुल्क कल प्रदान गरेकोले नाफा घटेको उल्लेख गरेको छ । महामारीको ४ महिनाको अवधिमा आफ्नो आम्दानी अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशतले घटेको टेलिकमले जनाएको हो ।

यस अवधिमा टेलिकमको प्रतिशत शेयर आम्दानी ५७.०६, नेट वर्थ ६२०.९६ र मूल्य आम्दानी ११.४८ रहेको छ । १५ अर्ब चुक्ता पुँजी भएको कम्पनीक रिजर्भमा ७८ अर्ब १३ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved