एभरेष्ट बैंकको बाँड्न मिल्ने नाफा १ अर्ब ६७ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 08:50:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले अघिल्लो आर्थिक बर्षको तुलनामा १८ प्रतिशतले मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कोरोनाले समग्र अर्थतन्त्र प्रभावित भएकाले त्यसको असर बैंकको नाफा, रिजर्भमा देखिएको विवरणमा उल्लेख छ। 

अघिल्लो आर्थिक बर्ष ३ अर्ब ५ करोड नाफा आर्जन गरेको बैंकले आर्थिक बर्ष २०७६/७७ मा २ अर्ब ४९ करोड मात्रै आर्जन गरेको छ। बैंकले ५४ करोड ८४ लाख प्रोभिजन गर्नुपर्दा त्यसको असर नाफामा पनि देखिएको हो। 

बैंकको मुनाफा २ अर्ब ४९ करोड भएपनि सेयरधनीलाई बाँड्न मिल्ने मुनाफा १ अर्ब ६७ करोड छ। बैंकको वितरणयोग्य मुनाफालाई आधार मान्दा उसको लाभांश क्षमता २० प्रतिशत देखिन्छ। यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ।  

यस अवधिमा बैंकले १०.७९ प्रतिशतले बढाएर १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेको छ भने  १ खर्ब १२ अर्ब कर्जा परिचालन गरेको छ। यस अवधीमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा ६.८१ प्रतिशतबाट घटेर ५ अर्ब ३१ करोडमा सिमित भएको छ। 

यस अवधिमा बैकको चुक्ता पुंजी ८ अर्ब ५१ करोड छ भने जगेडामा १० अर्ब ११ करोड छ। त्यस्तै यस अवधिमा बैंकको खराब कर्जा झिनो अंकले बढेर ०.२२ प्रतिशत पुगेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २९.३८ पैसा, प्रति सेयर नेटवर्थ २१८ रुपैयाँ ८१ पैसा र मुल्य आम्दानीको अनुपात २२.९८ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved