२९ प्रतिशतले घट्यो छिमेक लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 09:09:15 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha  ले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा २९.४९ प्रतिशतले घटेर ६४ करोड ९२ लाख कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९२ करोड ७ लाख थियो । कम्पनीले प्रोभोजिनमा ४७ करोड ५७ लाख राखेकोले नाफामा गिरावट आएको हो । कम्पनीको संचालन मुनाफा पनि १ अर्ब ४२ करोडबाट झरेर ८७ करोड ७ लाखमा ससिमित भएको छ ।

लघुवित्तले यस अवधिमा १९ अर्ब ३७ करोड ऋण प्रवाह गरेको छ भने निक्षेप १८ अर्ब ६६ करोड रहेको छ । त्यस्तै कम्पनीले ४ अर्ब ७ करोड सापटी लिएको छ ।  १ अर्ब ५ करोड चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा १ अर्ब ६९ करोड रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी १.७६ प्रतिशतले घटेर १ अर्ब ७२ करोड कायम भएको छ । 

यस अवधिमा कम्पनीको खराब कर्जा ०.२८ प्रतिशतबाट बढेर ०.४५ प्रतिशत पुगेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४३.२८, प्रति शेयर नेटवर्थ २१२.९७, मूल्य आम्दानी अनुपात २५.१८ गुणा, र कोषको लागत ९.७१ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved