अपर तामाकोशी ७ करोड नोक्सानीमा, दिर्घकालिन ऋण ३४ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 09:48:50 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी जलविद्युत आयोजनाको नोक्सानी बढेर ६ करोड ९४ लाख पुगेको छ । आर्थिक वर्ष ७५/७६ सम्म ५ करोड ३१ लाख नोक्सानीमा रहेको कम्पनीको नोक्सानी आर्थिक वर्ष ७६/७७ सम्ममा झन्डै ७ करोड पुगेको हो । 

यस अवधिमा कम्पनीको दिर्घकालिन ऋण ३४ अर्ब ५० करोड रहेको छ ।  कम्पनीले दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । २०७७ माघसम्म निर्माण सम्पन्न गरी बिजुली उत्पदन गर्ने लक्ष्य लिएको कम्पनीले कोभिड १९ को प्रभावको कारण सो समय लम्बिने जनाएको छ । 

कम्पनीले आयोजना निमार्णको अवधि र लागत बढ्ने, निमार्ण अवधिको ब्याज, डलर सटहीदर तथा भविष्यमा अन्यखर्चहरु बढ्ने भएकोले नाफा तथा नगद प्रवाह घट्ने  कम्पनीको विश्लेषण रहेको छ ।

 यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६६ पैसा ऋणात्मक छ भने  प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ३२ पैसा रहेको छ  ।  कम्पनीको चुक्ता पुँजी  १० अर्ब ५९ करोड रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved