सगरमाथा इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 10:46:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company  ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २४.९ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने घटेको छ । अघिल्लो आवको असारमसान्तको तुलनामा इन्स्योरेन्सको खुद बीमाशुल्क ५० लाख ८१ हजार रुपैयाँले  घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९८ करोड ९२ लाख रुपैयाँ रहको इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको यहि अवधिसम्ममा घटेर ९२ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।

चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ६३ करोड १४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड १० लाख रुपैयाँ सञ्चित छ ।

सो अवधिसम्ममा इन्स्योरेन्सले १ लाख ४४ हजार २८१ बीमालेख जारी गरी २ अर्ब १९ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरिसकेको छ । जसमध्ये गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीमा ४९ हजार ८९३ वटा बीमालेख नविकरण भएका छन् । 

त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले ५ हजार ८४८ वटा दाबी बापत एक अर्ब २ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । ३ हजार ४२७ दाबी बापतको ८७ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२७ रुपैयाँ ९५ पैसा रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १५.७३ गुणा कायम भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved