८० प्रतिशतले बीमाशुल्क बढाउन सफल ज्योति लाइफको अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 12:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । जीवन बीमा कम्पनीको मुख्य सूचक मानिने बीमा शुल्क बढाउन सफल भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा एक अर्ब ७८ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमो तुलनामा ८०.२८ प्रतिशत बढी हो । 

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । 

यस अवधिमा कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सले १२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ६ लाख ४१ हजार रुपैयाँले बढी हो ।कम्पनीको यो नाफा बीमांकीय मूल्याङ्कपछि फेरबदल हुन सक्छ । अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासमा इन्स्योरेन्सले १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तयारीमा रहेको इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यस्तै, इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ९५ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब ९७ करोड र महाविपत्ती कोषमा ४ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले हाल सम्ममा ५० हजार ५३४ वटा बीमालेख जारी गरी एक अर्ब ८९ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा ७३ वटा दाबी वापत एक करोड ८८ लाख ७४ हजार रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ८३ पैसा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved