३५ करोड बढी नफा कमाउन सफल प्रिमियर इन्स्योरेन्सको अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 11:24:21 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इस्योरेन्स कम्पनी (नेपाल) Premier Insurance Company  को खुद बीमाशुल्क घटेको छ । इन्स्योरेन्सले प्रकाशित गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा खुद बीमाशुल्क घटेको हो । 

अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ११ करोड २३ लाख ५९ हजार रुपैयाँले घटेर ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सिमित हो । 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ८८ करोड ८० लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्क घटेपनि इन्स्योरेन्सको खुद नाफा भने बढेको देखिन्छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २४ करोड ५६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३२ करोड ४७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ६७ करोड २४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्समा १ लाख ४२  हजार ४५७ वटा बीमालेख जारी भएका छन् । १ लाख ४२ हजार ५५७ बीमालेख जारी गरी इन्स्योरेन्सले १ अर्ब ५२ ६६ करोड ४० लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।  इन्स्योरेन्सले यस अवधिमा ८९ करोड १० लाख रुपैयाँ भुक्तानी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved