प्रभु इन्स्योरेन्सको नाफामा देखियो सामान्य सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 12:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्षको चौथो त्रैमासको अवधिमा प्रभु Prabhu Insurance Company  को नाफामा सुधार देखिएको छ ।  इन्स्योरेन्सले २५ करोड ४० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ११ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने घटेको छ । इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ५० करोड ९३ लाख रुपैयाँबाट घटेर ४९ करोड ११ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको कुल दाबी भुक्तानी २६ करोड ९४ लाख ८३ हजार रुपैयाँ रहेको छ । त्यस्तै,  दाबी भुक्तानी हुन बाँकी रहेको रकम २० करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २१ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ९ करोड ७६ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved