सिद्धार्थ Siddhartha Insurance Limited ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको । यस अवधिमा इन्स्योरेन्सको खुद मुनाफा बढेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तलुनामा ५ करोड ५४ लाख ८६ हजार रुपैयाँ अर्थात २२.६७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क घटेको छ । ८० करोड ७५ लाख ५३ हजाररुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८४ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड १३ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको बीमा कोषमा ८२ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४८ लाख रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सले हालसम्म एक लाख ३२ हजार २३९ वटा बीमालेख जारी गरी २ अर्ब १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको २० हजार २८१ वटा बीमालेख नवीकरण भएका छन्।
कम्पनीले कूल ६ हजार ९४५ वटा दाबी बापत ९२ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ३ हजार ७६५ वटा दाबी बापत ६९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।