बीमाशुल्क बढेसँगै युनाइटेड इन्स्योरेन्सको नाफा ६० प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 01:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) United Insurance Company (Nepal) ले गत आर्थिक वर्षको चौथो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार इन्स्योरेन्सले ३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६०.४४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड ७२ लाख रुपैयाँले बढी हो ।अघिल्लो आर्थिक वर्षमा कम्पनीले २३ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ३० करोड ८० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ६९ लाख १४ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ९० हजार ७९३ वटा बीमालेख जारी गरी कुल ६५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले २ हजार ४२ वटा दाबी वापत २२ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, एक हजार ९१४ वटा दाबीवापत ४३ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved