खुद बीमाशुल्क घटे पनि १४ करोड बढी नाफा कमाउन सफल प्रुडेन्सियल इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 03:11:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company  ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । यस अवधिमा कम्पनीको नाफामा सुधार आएको देखिएको छ । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

नाफामा सामान्य सुधार आएता पनि कम्पनीको खुद बीमाशुल्क भने घटेको छ ।  ३८ करोड ७७ लाख रुपैयाँमा खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४४ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २५ करोड २० लाख रुपैयाँ  रहेको । त्यस्तै, बीमा कोषमा ५३ करोड ८२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले यस अवधिसम्ममा एक लाख १६ हजार ९३० वटा बीमालेख जारी गरी एक अर्ब ३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ४ हजार ५७५ वटा दाबी बापत ७० करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ८४६ दाबी बापत ३० करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved