११ प्रतिशतले बढ्यो राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 10:03:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा रहेको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बीमा कम्पनीहरुको प्रमुख सुचक मानिने खुद बीमाशुल्क ११.१८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ७ अर्ब ६ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ६ अर्ब ३५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्ममा इन्स्योरेन्सले ५ करोड ९० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५८ प्रतिशतले बढी हो ।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने र बीमा कम्पनीले वार्षिक विवरणलाई मात्रै एक्चुअरी भ्यालुएसनको लागि पठाउने हुँदा यो नै इन्स्योरेन्सको वास्तविक मुनाफा भने होइन । एक्चुअरी भ्यालुएसन संस्थानको यो नाफामा फेरबदल हुन सक्ने छ । 

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोषमा २८ करोड ५८ लाख रुपैयाँ रहेको छ । 

इस अवधिमा संस्थानको जीवन बीमा कोष बढेको छ ।  संस्थानले २० अर्ब ६४ करोड रुपैयाँबाट बढोत्तरी गरेर २६ अर्ब ५४ करोड पुर्याएको छ ।२ अर्ब ८१ करोड रुपैयाँ खुद दावी भुक्तान्ी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved