नेको इन्स्योरेन्सको नाफामा सुधार, १ अर्ब खुद बीमाशुल्क संकलन गर्न सफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 10:15:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स Neco Insurance Company  ले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलानामा कम्पनीले कम्पनीको नाफा ३०.५२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चौथौ त्रैमासको अवधिमा कम्पनीले शुद बीमाशुल्क पनि बढाएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १० दशमलव ९१ प्रतिशतले ले बढेर १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा १ अर्ब १४ करोड ५१ लख ९२ हजार रुपैयाँ थियो ।

यसअवधिमा कम्पनीले कुल ७७ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै, ६० करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

त्यस्तै, असार मसान्त सम्ममा १ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । त्यस्तै, जगेडा कोषमा ५२ करोड ४४ लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved