१० प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 10:22:59 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स First Microfinance Laghubitta Bittiya Sanstha  को नाफा १०.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ६८ लाख नाफा कमाएकोमा यस वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ९७ लाख खुद नाफा गरेको हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड २४ लाखबाट १४.१९ प्रतिशतले बढेर ५ करोड २७ लाख पुगेको छ । त्यस्तै कम्पनीको रिजर्भ २३.११ प्रतिशतले बढेर १६ करोड ६० लाख पुगेको छ ।

कम्पनीको सापटी बढेर १०.०५ प्रतिशतले बढेर ५ अर्ब ९४ करोड पुगेको छ भने कर्जा प्रवाह ७.२५ प्रतिशतले बढेर ६ अर्ब ३ करोड पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८७.६८ करोड रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३.५५ रुपैयाँ, नेट वर्थ ११८.९४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.७७ गुणा र कोषको लागत ७.१५ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved