शतप्रतिशतले बढ्यो हिमालयन डिष्टिलरीको कमाई, ३ महिनामै बेच्यो ६२ करोडको रक्सी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 01:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिष्टिलरी लिमिटेड Himalayan Distillery ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा 'रक्सि बेचेर' १८ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको यो खुद मुनाफा गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा झन्डै ९३ प्रतिशत अर्थात ८ करोड ९९ लाखले बढी हो । 

पहिलो तिन महिनामा करिब ५४ प्रतिशतले वृद्धि गरि कम्पनीले ६२ करोड ३३ लाख रुपैयाँको रक्सि बिक्रि गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले ४१ करोड ६१ लाखको रक्सि बिक्रि गरेको थियो । 

कम्पनीको अन्य संचालन आम्दानी समेत ७८ प्रतिशतले बढेर २६ करोड ४८ लाख पुगेको छ । जुन गत आर्थिक बर्षको यसअवधिसंगको तुलनामा ११ करोड ६१ लाखले बढी हो ।  

यस अवधिमा कम्पनीको चुक्ता पुंजी ५७ करोड ८४ लाख रहेको छ भने जगेडा कोषमा ८६ करोड २७ लाख रहेको छ । त्यस्तै कम्पनीको प्रति सेयर आम्दानी १२९ रुपैयाँ ६३ पैसा, प्रति सेयर नेटवर्थ २४९ रुपैयाँ १४ पैसा र मुल्य आम्दानीको अनुपात १३ दशमलब ९५ गुणा रहेको छ । 

हिमालयन डिष्टिलरीले ब्ल्याक ओक, गोल्डेन ओक, रोयल ट्रेजर, हिमालयन अयला,  ब्राण्डको व्ह्विसकी बिक्रि गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved