२९ प्रतिशतले बढ्यो मुक्तिनाथको नाफा, बैंककै हाराहारीमा वितरणयोग्य कमाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 03:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लिमिटेड Muktinath Bikas Bank Limited ले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफा करिब २९ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद मुनाफा गत आर्थिक बर्षको तुलनामा ६ करोड ५७ लाखले बढेको छ । 

गत आर्थिक बर्ष बैंकले २२ करोड ८७ लाख खुद मुनाफा आर्जन गरेको थियो भने यस आर्थिक बर्षको पहिलो तिन महिनामा मुक्तिनाथले २९ करोड ४१ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख छ।

यस अवधिमा बैंकको निक्षेप ५७ अर्ब २९ करोडबाट बढेर ६३ अर्ब ८४ करोड पुगेको छ भने कर्जा लगानी ४७ अर्ब ६९ करोडबाट बढेर ५१ अर्ब ९९ करोड पुगेको छ । 

त्यस्तै बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी १२.८० प्रतिशतले बढेर ५९ करोड ६ लाख पुगेको छ । संचालन मुनाफा ३२ करोड ५७ लाखबाट बढेर ४२ करोड पुगेको छ । प्रतिशतको हिसाबले बैंकको संचालन मुनाफा २९ प्रतिशतले बढेको छ । 

यस अवधिमा बैंकको चुक्तापुंजी ४ अर्ब ३२ करोड छ भने जगेडा कोषमा १ अर्ब ७६ करोड रहेको छ । त्यस्तै बैंकको खराब कर्जा अनुपात शुन्य दशमबल १२ प्रतिशत रहेको छ । 

त्यस्तै बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ २१ पैसा, प्रति सेयर नेटवर्थ १४० रुपैयाँ ८३ पैसा तथा मुल्य आम्दानीको अनुपात १३ दशमलव १ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved