२२ प्रतिशतले बढ्यो छिमेक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 09:27:15 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha  को खुद नाफा २२.७९ प्रतिशतले बढेको छ ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४८ करोड १६ लाख खुद नाफा कमाएकोमा  चालु आर्थिक वर्षको  दोस्रो त्रैमासमा  कम्पनीले ६१ करोड ५४ लाख खुद नाफा कमाएको हो 

कम्पनीको खुद ब्याज आम्दानी ०.३६ प्रतिशतले घटेर ९८ करोड ४१ लाख कायम भएको छ । यस अवधिमा बैंकको कर्जा सापटी २६.४३ प्रतिशतले बढेर ६ अर्ब १२ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह २६.९८ प्रतिशतले बढेर २५ अर्ब २९ करोड पुगेको छ । कम्पनीले विभिन्न शुल्क तथा कमिशन शिर्षकबाट ३५ करोड ७१ लाख आम्दानी गरेको छ । 

१ अर्ब ८३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ अर्ब ६१ करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ६७.२७ रुपैयाँ, प्रति शेयर नेट वर्थ २४२.८९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १८.९७ गुणा रहेको छ 

कम्पनीको खराब कर्जा भने ०.३५ प्रतिशतबाट बढेर २.१३ प्रतिशत पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved