चिलिमेको खुद नाफा ३९ करोड २४ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 09:40:08 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रो Chilime Hydropower Company  को खुद नाफा १.०६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३९ करोड ६६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  कम्पनीको नाफा घटेर ३९ करोड २४ लाख कायम भएको हो । 

यस अवधिमा कम्पनीले ६३ करोड ९९ लाख बराबर विद्युत बिक्रि गरेको छ । कम्पनीको अन्य स्रोतबाट भएको आम्दानी ५ करोड २३ लाख रहेको छ ।  

६ अर्ब २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३ अर्ब ५५ करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५० पैसा, प्रति शेयर नेटवर्थ १५६.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.६९ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved