१७२ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 08:40:26 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  को खुद नाफा १७२.०१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोहि अवधिमा बैंकले २१.५४ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५८.६१ करोड खुद नाफा कमाएको हो ।

बैंकको गैर संचालन आम्दानी २३.९६ करोड रहेको छ । गैर संचालन आम्दानीको रकम ठूलो हुँदा खुद नाफा १७२.०१ प्रतिशतले बढेको देखिएको हो । बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेर १ अर्ब ७ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ३८.८८ करोड रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप २३.०१ प्रतिशतले बढेर ३९.२४ अर्ब पुगेको छ भने कर्जा प्रवाह ४१ प्रतिशतले बढेर ३६.५५ अर्ब पुगेको छ ।

बैंकको चुक्ता ओपुंजी २ अर्ब ६५ करोड रहेको छ भने रिजर्भमा १ अर्ब १७ करोड रहेको छ। बैंकको खराब करह १.३७ प्रतिशतबाट घटेर १ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २९.४७ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १४४.३५ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved