महालक्ष्मी विकास बैंकको नाफा स्थिर,खराब कर्जा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 09:02:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को खुद नाफा १.५७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३९करोड ७३ लाख  नाफा कमाएकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको नाफा बढेर ४० करोड ३६ लाख पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशतले बढेर १ अर्ब १६ करोड पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २५ करोड ७६ लाख रहेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप १.३८ प्रतिशतले घटेर ३६ अर्ब ४६ करोड पुगेको छ भने कर्जा प्रवाह १.१४ प्रतिशतले घटेर २९ अर्ब १० करोड पुगेको छ ।

३ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ८३ करोड रहेको छ । बैंकको खराब कर्जा भने ३.७८ प्रतिशतबाट बढेर ४.४४  प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी १६.१० रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ  १५४.९० रुपैयाँ रहेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved