निफ्राको खुद नाफा ५८ करोड ९२ लाख, प्रति शेयर आम्दानी ५ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 10:07:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा १.२४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५८ करोड २० लाख खुद नाफा कमाएकोमा चालु आर्त्जिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको नाफा बढेर ५८ करोड ९२ लाख पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले बढेर ९३ करोड ५२ लाख पुगेको छ । बैंकको संचालन मुनाफा ०.६१ प्रतिशतले बढेर ८३ करोड ५५ लाख पुगेको छ । 

बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ३२ लाख रहेको छ । २० अर्ब चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १ अर्ब १५ करोड रहेको छ । बैंकको निक्षेप २३.७९ प्रतिशतले बढेर ३० करोड ९४ लाख पुगेको छ भने कर्जा प्रवाह २७६ प्रतिशतले बढेर २ अर्ब १९ करोड पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा बैंकको १९ अर्ब ६६ करोड रकम रहेको छ 

बैंकको प्रति शेयर आम्दानी ५.०२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ ११०.७७ रपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved