२०८ प्रतिशतले बढ्यो नेरूडे लघुवित्तको नाफा, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 11:07:23 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो  त्रैमासमा नेरूडे लघुवित्त विकास बै‌कको खुद नाफा २०८.८३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ९६ लाख  खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा बढेर १५ करोड ३३ लाख पुगेको हो । 

बै‌कको खुद ब्याज आम्दानी पनि ५८.२८ प्रतिशतले बढेर ४० करोड ५६ लाख पुगेको छ । बै‌कको सापटी ५०.०२ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बै‌कको सापटी २ अर्ब ५६ करोड थियो । बै‌कको कर्जा प्रवाह भने ४१.४० प्रतिशतले बढेर ७ अर्ब ८० करोड पुगेको छ ।

बै‌कको चुक्ता पुँजी ४९ करोड ३८ लाख रहेको छ भने रिजर्भमा ५९ करोड ८ लाख रहेको छ । बै‌कको रिजर्भ ५२.२३ प्रतिशतले बढेको हो । यस अवधिमा बै‌कको प्रति शेयर आम्दानी १४.४८ बाट बढेर ४१.४० रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ २१९.६४ रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved