सरकारी स्वामित्वका यी ३ वाणिज्य बैंक मध्ये कुन बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 11:15:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वका तीन बाणिज्य बैंकहरु मध्ये राष्ट्रिय बाणिज्य बैंक धेरै सूचकमा पहिलो स्थानमा देखिएको छ। खुद मुनाफा, वितरणयोग्य मुनाफा, प्रति सेयर आम्दानीमा मात्र नभई व्यवसाय विस्तार अर्थात निक्षेप संकलन तथा कर्जा लगानीमा पनि राष्ट्रिय बाणिज्य बैंक पहिलो स्थानमा देखिएको छ । 

यस आर्थिक बर्षको पहिलो नौं महिनामा राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब २७ करोड खुद मुनाफा आर्जन गरेको छ भने यस अवधिमा उसको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड रहेको छ । 

त्यस्तै सरकारी स्वामित्वका तीन बाणिज्य बैंकमा खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा नेपाल बैंक दोस्रो र कृषि विकास बैंक तेश्रो स्थानमा छन् भने  जगेडा कोषको आधारमा नेपाल बैंक १६ अर्ब ८४ करोड सहित पहिलो स्थानमा रहेको छ । 

त्यस्तै व्यवसाय बिस्तार अर्थात निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि नेपाल बैंक दोस्रो तथा कृषि विकास बैंक तेश्रो स्थानमा रहेका छन् । यस अवधिमा राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ४० करोड निक्षेप संकलन गरि १ अर्ब ६७ करोड कर्जा प्रवाह गरेको छ भने नेपाल बैंकले १ अर्ब ५१ करोड निक्षेप संकलन गरि १ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । 

त्यस्तै प्रति सेयर आम्दानीमा पनि राष्ट्रिय बाणिज्य बैंक प्रति सेयर आम्दानी ४७ रुपैयाँ ४७ पैसा सहित पहिलो स्थानमा रहेको छ भने दोस्रो र तेश्रोमा क्रमश नेपाल बैंक र कृषि विकास बैंक रहेका छन्। 

त्यस्तै खराब कर्जा अनुपात अर्थात कम खराब कर्जा भएको बैंकमा भने नेपाल बैंक राम्रो देखिएको छ । यस अवधिमा उसको खराब कर्जा अनुपात २.२९ प्रतिशत रहेकोमा अन्य दुई बैंक राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकको क्रमश ३.६२ प्रतिशत र ३.०८ प्रतिशत रहेको छ।

सरकारी स्वामित्वका यी तीन बाणिज्य बैंक मध्ये राष्ट्रिय बाणिज्य बैंक नेपालको एक मात्र सेयरबजार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत छैन जसले गर्दा यसले दिने प्रतिफल लिनलाई सर्वसाधारण नेपाली नागरिक बन्चित हुँदै आएका छन्।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved