बुटवल पावरको नाफामा भारी गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 12:10:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा  बुटवल  Butwal Power Company  को खुद नाफामा भारी गिरावट आएको छ । यस अवधिमा कम्पनीको नाफा ४८.८१ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा  कम्पनीले ८९ करोड ५९ लाख खुद नाफा कमाएकोमा समीक्षा अवधिमा नाफा घटेर ४५ करोड ८६ लाखमा सिमित भएको हो ।

यस अवधिमा कम्पनीले ५१ करोड ११ लाख बराबरको विद्युत बिक्रि गरेको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ३४ करोड १५ लाख रहेको छ  । २ अर्ब ९५ करोड चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३ अर्ब ९९ करोड रहेको छ । 

कम्पनीको प्रति शेयर आम्दानी २०.७२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २३५.५० रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved