फर्स्ट माइक्रोफाइनान्सको रिजर्भ झनै बलियो, मुख्य आम्दानी बढ्दा पनि किन बढेन खुद नाफा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 08:35:18 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था First Microfinance Laghubitta Bittiya Sanstha  ले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा फर्स्ट माइक्रोको खुद मुनाफा साढे १ प्रतिशतले मात्रै वृद्धि भएको उसले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ। 

सार्वजनिक अनअडिटेड वित्तीय विवरणअनुसार, फर्स्ट माइक्रोको खुद मुनाफा १३ करोड ९७ लाखबाट बढेर १४ करोड १५ लाख पुगेको छ। 

यस अवधिमा फर्स्ट माइक्रोले ८ अर्ब ६० करोड कर्जा सापटी लिएर ८ अर्ब २० करोड कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा फर्स्ट माइक्रोले ५ अर्ब २३ करोड कर्जा सापटी लिएर ५ अर्ब ५४ करोड कर्जा लगानी गरेको थियो। अर्थात अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष फर्स्ट माइर्कोको कर्जा लगानी करिब ६५ प्रतिशतले बढेको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढेको छ। 

त्यस्तै अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष फर्स्ट माइक्रोको खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेर २६ करोड ४७ लाख पुगेको छ। अघिल्लो आर्थिक बर्ष फर्स्ट माइक्रोको खुद ब्याज आम्दानी २२ करोड ४१ लाख थियो।     

यस अवधिमा फर्स्ट माइक्रोले २ करोड ७५ लाख रुपैयाँ प्रोभिजन फर लसको लागि छुट्याएको छ। यस कारण पनि फर्स्ट माइक्रोफाइनान्सको नाफा प्रभावित भएको हो। 

यस अवधिमा फर्स्ट माइक्रोको चुक्ता पुंजी ८७ करोड ६८ रहेको छ भने रिजर्भमा २८ करोड १ लाख रहेको छ। उसको रिजर्भ झन्डै शत प्रतिशत बढेको छ। यस अवधिमा फर्स्ट माइक्रोको प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा, प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा, मुल्य आम्दानीको अनुपात ५०.९९ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved