१६० प्रतिशतले बढ्यो डिप्रोक्सको खुद नाफा, यस्तो छ नाफा बढ्नुका २ मुख्य कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 09:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त वित्तीय सँस्था लिमिटेड Deprosc Laghubitta Bittiya Sanstha  ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणमा उसको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै १६० प्रतिशतले बढेको छ। 

डिप्रोक्स लघुवित्तको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७ करोड ४९ लाखले बढेर ७१ करोड ३७ लाख पुगेको छ। खुद ब्याज आम्दानी र खराब कर्जा असुलीमा उल्लेख्य वृद्धि भएकाले डिप्रोक्सको खुद मुनाफा झन्डै १६० प्रतिशतले बढेको छ। 

गत आर्थिक बर्ष डिप्रोक्सले लिएको सापटी रकम १९.६३ प्रतिशतले बढेर ७ अर्ब ७८ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्ष यो रकम ६ अर्ब ५० करोड मात्रै थियो। 

त्यस्तै डिप्रोक्समा निक्षेप ३२.५५ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड पुगेको छ भने कर्जा प्रवाह पनि ३१.९० प्रतिशतले बढेर १५ अर्ब २३ करोड पुगेको छ। डिप्रोक्सको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक बर्ष ९५ करोड ९७ लाख मात्रै थियो। 

यस अवधिमा डिप्रोक्सको चुक्तापुंजी १ अर्ब १५ करोड रहेको छ भने रिजर्भ तथा सरप्लसमा १ अर्ब २९ करोड रहेको छ। डिप्रोक्सको रिजर्ब पनि करिब ५६ प्रतिशतले बढेको छ।  

यस अवधिमा डिप्रोक्सको खराब कर्जा अनुपात २.४७ प्रतिशतबाट घटेर ०.९२ प्रतिशतमा झरेको छ। त्यस्तै यस अवधिमा डिप्रोक्सको प्रति सेयर आम्दानी ६१ रुपैयाँ ७३ पैसा, प्रति सेयर नेट वर्थ २११ रुपैया ९६ पैसा र मुल्य आम्दानीको अनुपात २७ दशमलब ३१ गुणा रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved