१९६ प्रतिशतले बढ्यो साधनाको खुद मुनाफा, यस्तो छ नाफा बढ्नुको मुख्य कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2021 | 08:32:21 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त वित्तीय सँस्था लिमिटेडले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा साधनाको खुद मुनाफा १९६.३४ प्रतिशतले बढेको छ। 

सार्वजनिक भएको अनअडिटेड वित्तीय विवरणअनुसार साधनाको अघिल्लो आर्थिक बर्षको खुद मुनाफा ३ करोड ९५ लाख रुपैयाँबाट बढेर गत आर्थिक बर्ष ११ करोड ७० लाख पुगेको छ।

त्यस्तै साधनाले व्यवसाय बिस्तारका लागि अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष कर्जा लगानी झन्डै ९२ प्रतिशतले बढाएर ३ अर्ब २६ करोड पुर्याएको छ। त्यस्तै गत आर्थिक बर्ष साधनले आफ्ना सदस्यबाट ८३ करोड ५२ लाख निक्षेप संकलन गरेको छ भने २ अर्ब ७५ करोड कर्जा सापटी लिएको छ। 

गत आर्थिक बर्ष साधनाको चुक्तापुंजी २५ करोड ६९ लाख रहेको छ भने उसको रिजर्भमा १३ करोड ४३ लाख रहेको छ। 

साधनाको खुद ब्याज आम्दानी पनि करिब ७३ प्रतिशतले बढेर २४ करोड २६ लाख पुगेको छ। अघिल्लो आर्थिक बर्ष साधनाको खुद ब्याज आम्दानी १४ करोड ३ लाख मात्रै थियो।   

यस अवधिमा साधनाको प्रति सेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसा, प्रति सेयर नेटवर्थ १५२ रुपैयाँ २९ पैसा रहेको छ भने खराब कर्जा अनुपात ०.८१ प्रतिशतबाट बढेर २.०२ प्रतिशत  पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved