७४ प्रतिशतले बढ्यो स्वावलम्बन लघुवित्तको मुनाफा, यस्तो छ नाफा बढ्नुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 09:18:36 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त वित्तीय सँस्थाले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष झन्डै ७४ प्रतिशतले खुद मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो। 

अघिल्लो आर्थिक बर्ष ३५ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा गरेको स्वावलम्बनले गत आर्थिक बर्ष ६१ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। राइट ब्याक हुँदा उसको खुद मुनाफा वृद्धिमा टेवा मिलेको हो। 

स्वावलम्बनले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष लिएको कर्जा सापटी ४ अर्ब ७६ करोडबाट घटेर ४ अर्ब ६१ करोड रहेको छ। त्यस्तै कर्जा लगानी अघिल्लो आर्थिक बर्षको तुलनमा करिब १४ प्रतिशतले बढेर १७ अर्ब ३३ करोड पुगेको छ।  

गत आर्थिक बर्ष स्वावलम्बनले खुद ब्याज आम्दानीबाट १ अर्ब ४५ करोड आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष स्वावलम्बनले १ अर्ब २५ करोड खुद ब्याज आम्दानी आर्जन गरेको थियो। 

यस अवधिमा स्वावलम्बनको चुक्तापुंजी ९४ करोड ३० लाख रहेको छ भने उसको रिजर्भ तथा सरप्लसमा १ अर्ब ७४ करोड पुगेको छ। प्रतिशतका हिसाबले स्वावलम्बनको रिजर्भ २८.३६ प्रतिशतले बढेको हो। 

यस अवधिमा स्वावलम्बनको प्रति सेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा, प्रति सेयर नेटवर्थ २८५ रुपैयाँ ४६ पैसा तथा मुल्य आम्दानीको अनुपात २५ दशमलब २५ गुणा रहेको छ। त्यस्तै स्वावलम्बनको खराब कर्जा अनुपात भने १.९९ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved