झन्डै २०० प्रतिशतले बढ्यो लक्ष्मी लघुवित्तको खुद मुनाफा र प्रति सेयर आम्दानी, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 09:40:02 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय सँस्थाले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उसको खुद मुनाफा झन्डै २०० प्रतिशत अर्थात १९६।०१ प्रतिशतले बढेको छ। 

लक्ष्मी लघुवित्तले अघिल्लो आर्थिक बर्ष ६ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा गत आर्थिक बर्ष १९ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै अघिल्लो आर्थिक बर्षको तुलनामा लक्ष्मी लघुवित्तले कर्जा सापटीको आकार पनि झन्डै दोब्बरले वृद्धि गरेको छ। अघिल्लो आर्थिक बर्ष २ अर्ब ४८ करोड लिएकोमा गत आर्थिक बर्ष ३ अर्ब ७० करोड कर्जा सापटी लिएको छ। 

त्यस्तै लक्ष्मी लघुवित्तले सदस्यबाट लिने निक्षेपको मात्र पनि ३६.१० प्रतिशतले बढेर २ अर्ब ७ करोड पुगेको छ भने कर्जा लगानीको आकार ४५.२७ प्रतिशतले बढेर ६ अर्ब १६ करोड पुगेको छ। 

त्यस्तै खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ४६।२७ प्रतिशतले बढेर ५० करोड ७७ लाख पुगेको छ। अघिल्लो आर्थिक बर्ष ३४ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको थियो। 

यस अवधिमा लक्ष्मी लघुवित्तको चुक्तापुंजी ३२ करोड रहेको छ भने रिजर्भ तथा सरप्लसमा ३६ करोड ४३ लाख रहेको छ। भने खराब कर्जा अनुपात सामान्य दरले बढेर २.२६ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ। 

अघिल्लो आर्थिक बर्षको तुलनामा लक्ष्मी लघुवित्तको लागत ९.८८ प्रतिशतबाट घटेर ६.७० प्रतिशत पुगेको छ भने नगद मौज्दात अनुपात १०.८९ प्रतिशत रहेको छ।  

त्यस्तै गत आर्थिक बर्षको अनअडिटेड वित्तीय विवरणअनुसार लक्ष्मी लघुवित्तको प्रति सेयर आम्दानी ६० रुपैयाँ ३६ पैसा, प्रति सेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा र मुल्य आम्दानीको अनुपात ३७.९४ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved