निर्धन उत्थान, फरवार्ड, नेरुदे र जीवन विकास लघुवित्त मध्ये कुनमा लगानी बढी फाइदाजनक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 09:10:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष सकिएसंगै सेयर बजारमा सुचिकृत सँस्थाहरुले वित्तीय विवरण सार्वजनिक गर्ने क्रम चलेको छ। यहि क्रमलाई निरन्तरता दिंदै आज एकै दिन तीन लघुवितले पनि गत आर्थिक बर्षको प्रगति विवरण अर्थात अँनअडिटेड वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

नियामकिय निर्देशनको पालना गर्दै सर्वसाधारणलाई जानकारी दिने उदेश्यले आज निर्धन उत्थान,फरवार्ड,नेरुदे र जीवन बिकास लघुवित्तले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका हुन्। 

सार्वजनिक वित्तीय विवरणअनुसार प्रतिशतका हिसाबले हेर्ने हो भने निर्धनको खुद मुनाफा ४ मध्ये धेरैले बढेको छ भने रकमको हिसाबले पनि निर्धनको नै धेरैले बढेको छ। ४ अर्ब २६ करोड रुपैयाँ खराब कर्जा उठाउन सफल भएकाले निर्धनको खुद मुनाफामा ब्यापक वृद्धि देखिएको हो।   

निर्धन उत्थानको खुद मुनाफा २२३ प्रतिशतले बढेर ९१ करोड ९१ लाख पुगेको छ भने फरवार्डको करिब १८१ प्रतिशतले बढेर ५७ करोड ४६ लाख खुद मुनाफा पुगेको छ। त्यस्तै नेरुदेको खुद मुनाफा १५७.३२ प्रतिशतले बढेर १८ करोड २३ लाख पुगेको छ भने जीवन विकास लघुवित्तको खुद मुनाफा १०१.९७ प्रतिशतले बढेर ६८ करोड ९५ लाख पुगेको छ।

त्यस्तै कारोबारको हिसाबले हेर्ने हो भने गत आर्थिक बर्ष निर्धन उत्थानले करिब ९ प्रतिशतले बढाएर कर्जा सापटी ६ अर्ब ३२ करोड पुर्याएको छ भने सदस्यहरुबाट उठाउने निक्षेप पनि १८.५७ प्रतिशतले बढाएर १५ अर्ब ८१ करोड पुर्याएको छ। जसबाट निर्धनले १९।४९ प्रतिशतले बढाएर २४ अर्ब ७ करोड कर्जा परिचालन गरेको छ। 

त्यस्तै फरवार्डले ४५।१३ प्रतिशतले कर्जा सापटी बढाएर ८ अर्ब ६३ करोड पुर्याएको छ भने सदस्यहरुबाट उठाउने निक्षेप १८.६७ प्रतिशतले बढाएर ६ अर्ब ५४ करोड पुर्याएको छ। जसबाट फरवार्डले ३४.३० प्रतिशतले बढाएर १५ अर्ब ५६ करोड कर्जा परिचालन गरेको छ। 

त्यस्तै नेरुदेको कर्जा सापटी ६४.८० प्रतिशतले बढेर ३ अर्ब ९० करोड पुगेको छ भने सदस्यबाट उठाएको निक्षेप २०.०४ प्रतिशतले बढेर २ अर्ब ६१ करोड पुगेको छ। जसबाट नेरुदेले ४४.०७ प्रतिशतले बढाएर ७ अर्ब ९० करोड कर्जा परिचालन गरेको छ। 

त्यस्तै जीवन विकास लघुवित्तले कर्जा सापटी १९३.१७ प्रतिशतले कर्जा सापटी बढाएर ९ अर्ब ९२ करोड पुर्याएको छ भने सदस्यबाट उठाएको निक्षेप ४३.८८ प्रतिशतले बढाएर ८ अर्ब ९ करोड पुर्याएको छ। जसबाट ९१.८७ प्रतिशतले बढाएर जीवन बिकास लघुवित्तले २० अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ। 

प्रति सेयर आम्दानीको हिसाबले फरवार्डले उल्लेख्य प्रगति गरेको छ। फरवार्डको प्रति सेयर आम्दानी १८१ प्रतिशतले बढेर ३२ रुपैयाँ ७२ पैसाबाट ९१ रुपैयाँ ८७ पैसा पुगेको छ। 

त्यस्तै निर्धनको प्रति सेयर आम्दानी १८ रुपैयाँ ९६ पैसाबाट बढेर ५४ रुपैयाँ २३ पैसा पुगेको छ भने नेरुदेको १५ रुपैयाँ ५० पैसाबाट बढेर ३६ रुपैयाँ ९० पैसा पुगेको छ। त्यस्तै जीवन विकास लघुवित्तको प्रति सेयर आम्दानी २४३ रुपैयाँ ८७ पैसाबाट घटेर ११३ रुपैयाँ ३४ पैसा पुगेको छ।

यस अवधिमा निर्धन उत्थानको चुक्ता पुंजी १ अर्ब ६९ करोड छ भने रिजर्भमा २ अर्ब ८० करोड रहेको छ। त्यस्तै फरवार्डको चुक्ता पुंजी ६२ करोड ५५ लाख छ भने रिजर्भमा १ अर्ब २६ करोड रहेको छ। त्यस्तै नेरुदेको चुक्ता पुंजी ४९ करोड ३८ लाख छ भने रिजर्भमा ६३ करोड ५२ लाख रहेको छ। यता जीवन विकास लघुवित्तको चुक्ता पुंजी ६० करोड ८४ लाख रहेको छ भने रिजर्भमा १ अर्ब ३ करोड रहेको छ। 

लघुवित्तले गत आर्थिक बर्षको खुद मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा हुन बाँकी नै छ। सामान्यतया लाभांशको दृष्टिकोणले हेर्ने हो भने बढी कमाएको भन्दा पनि कमाएको मध्ये बढी नाफा बाड्न सक्ने र धेरै लाभांश क्षमता भएको लघुवित्तमा लगानी गर्नु बढी फाइदाजनक हुन्छ। तर दिर्घकालिन लगानीको लागि उसको प्रति सेयर आम्दानीको साथसाथै उसको कारोबारको आकार र व्यवसायिक रणनीति तथा खराब कर्जा जस्ता बिषय हेर्नु उचित हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved