१९३ प्रतिशतले बढ्यो उन्नति सहकार्य लघुवित्तको खुद मुनाफा, यस्तो छ नाफा बढ्नुको मूल कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 09:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष सकिएसंगै सेयर बजारमा सुचिकृत सँस्थाहरुले वित्तीय विवरण सार्वजनिक गर्ने क्रम चलेको छ। यहि क्रमलाई निरन्तरता दिंदै आज एकै दिन झन्डै आधा दर्जन लघुवितहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात अँनअडिटेड वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

नियामकिय निर्देशनको पालना गर्दै सर्वसाधारणलाई जानकारी दिने उदेश्यले आज एनआईसी एसिया, आदर्श, मिथिला, उन्नति, घोडीघोडा, नाडेप र सपोर्ट लघुवित्तले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका हुन्। 

सार्वजनिक वित्तीय विवरणअनुसार उन्नति लघुवित्तको खुद मुनाफा झन्डै १९३ प्रतिशतले बढेर ३ करोड ५४ लाखबाट ९ करोड ४९ लाख पुगेको छ। खराब कर्जाको लागि प्रोभिजन गर्नु नपरेकाले यस अवधिमा उन्नतिले उल्लेख्य प्रगती गरेको हो।

यस अवधिमा उन्नतिले २७.२२ प्रतिशतले कर्जा सापटी बढाएर १ अर्ब ७३ करोडबाट २ अर्ब २० करोड पुर्याएको छ। त्यस्तै सदस्यबाट ७७ करोड ३४ लाख निक्षेप संकलन गर्दा २ अर्ब ९६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।  

यस अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ३९.३८ प्रतिशतले बढाएर १७ करोड ६२ बाट २४ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ। यस अवधिमा लघुवित्तको चुक्तापुंजी १७ करोड ६१ लाख रहेको छ भने रिजर्भ तथा जगेडा रकम १३७.६५ प्रतिशतले बढेर १२ करोड ३९ लाख पुगेको छ। 

यस अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी ५३ रुपैयाँ ९२ पैसा, प्रति सेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा र मुल्य आम्दानीको अनुपात ४१ दशमलव ६२ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved