साना किसानको खुद मुनाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 09:37:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान लघुवित्त वित्तीय सँस्था लिमिटेड Sana Kisan Laghubitta Bittiya Sanstha  ले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। साना किसानको अनडीटेड वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष उसको खुद मुनाफा १२.३८ प्रतिशतले बढेको छ। 

अघिल्लो आर्थिक बर्षको तुलनामा साना किसानको खुद मुनाफा ६ करोड ७७ लाखले बढेर ६१ करोड ४९ लाख पुगेको हो। अघिल्लो आर्थिक बर्ष साना किसानले ५४ करोड ७२ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

गत आर्थिक बर्ष साना किसनले कर्जा सापटी ४.५८ प्रतिशतले बढाएर २० अर्ब ३१ करोड पुर्याएको छ। अघिल्लो आर्थिक बर्ष साना किसानले १९ अर्ब ४२ करोड कर्जा सापटी लिएको थियो। 

त्यस्तै साना किसानले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष कर्जा लगानी पनि १४.८१ प्रतिशतले बढाएर २४ अर्ब ५३ करोड पुर्याएको छ।   

त्यस्तै साना किसानको खुद ब्याज आम्दानी ९.०२ प्रतिशतले बढेर १ अर्ब २१ करोड पुगेको छ। जुन अघिल्लो आर्थिक बर्ष १ अर्ब ११ करोड थियो। 

यस अवधिमा साना किसनको चुक्तापुंजी १ अर्ब २५ करोड रहेको छ भने रिजर्भमा २ अर्ब ३२ करोड रहेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा साना किसानको चुक्तापुंजी गत आर्थिक बर्ष १७।८३ प्रतिशतले बढेको हो। 

त्यस्तै यस अवधिमा साना किसानको प्रति सेयर आम्दानी ४९ रुपैयाँ १४ पैसा, प्रति सेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा र मुल्य आम्दानीको अनुपात ३३ रुपैयाँ ३७ गुणा रहेको छ। 

लघुवित्तले कमाएको एक रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ।  यसको मतलब लघुवित्तले कमाएको एक रुपैयाँ आम्दानी बराबर बजारमा लगानीकर्ताले ३३ रुपैयाँ ३७ पैसा तिरिरहेको छ भन्ने बुझिन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved