गरिमाको मुनाफा झन्डै दोब्बरले बढ्यो, डबल डिजिटको लाभांश क्षमता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 08:47:31 AM मा प्रकाशित

laxmi  sunrise bank

गारिमा विकास बैंक लिमिटेड Garima Bikas Bank Limited  ले गत आर्थिक बर्ष उल्लेख प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले आज सार्वजनिक गरेको अनअडिटेड वित्तीय विवरणअनुसार गरिमाको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै दोब्बरले बढेको हो। 

गरिमाको गत आर्थिक बर्षको खुद मुनाफा अघिल्लो बर्षको तुलनामा ४२.९७ प्रतिशतले बढेर ८२ करोड ५२ लाख पुगेको छ। अघिल्लो आर्थिक बर्ष गरिमाको खुद मुनाफा ५७ करोड ७२ लाख थियो।

गरिमाले गत आर्थिक बर्ष ८२ करोड ५२ लाख खुद मुनाफा आर्जन गरेपनि उसको वितरणयोग्य मुनाफा भनेको ६० करोड ५७ लाख १२ हजार ५५१ रुपैयाँ हो। यस आधारमा गरिमासँग आफ्ना सेयरधनीहरुलाई १६.४७ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता देखिन्छ।  

त्यस्तै बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ४३.८४ प्रतिशतले बढेर १ अर्ब ६२ करोडबाट बढेर १ अर्ब ९३ करोड पुगेको छ। 

त्यस्तै बैंकको निक्षेप अघिल्लो आर्थिक बर्षको तुलनामा ५०.६० प्रतिशतले बढेर ६३ अर्ब ९० करोड पुगेको छ भने कर्जा लगानी ४८.६० प्रतिशतले बढेर ५१ अर्ब ८० करोड पुगेको छ।   

यस अवधिमा बैंकको चुक्तापुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०१ रहेको छ भने रिजर्भ तथा सरप्लसमा १ अर्ब ६१ करोड रहेको छ।  

त्यस्तै यस अवधिमा बैकको खराब कर्जा अनुपात झिनो अंकले घटेर ०.७९ बाट ०.७२ प्रतिशतमा ओर्लिएको छ। त्यस्तै गरिमाको प्रति सेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा, प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा र मुल्य आम्दानीको अनुपात २४ दशमलब २३ गुणा रहेको छ। 

सँस्थाले कमाएको एक रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ।  यसको मतलब गरिमाले कमाएको एक रुपैयाँ आम्दानी बराबर बजारमा लगानीकर्ताले २४ रुपैयाँ २३ पैसा तिरिरहेको छ भन्ने बुझिन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved