सुर्य लाइफको जीवन बीमा कोष १० अर्ब नाघ्यो, व्यवसाय पनि झन्डै दोब्बरले वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 11:14:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Surya Life Insurance Company  ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा सुर्य लाइफले २३ प्रतिशतले खुद मुनाफा बढाएको उसको अनअडिटेड वित्तीय विवरणमा उल्लेख छ।

सुर्य लाइफले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक २३.०१ प्रतिशतले खुद मुनाफा बढाएर २६ करोड २७ लाखबाट ३२ करोड २३ करोड पुर्याएको छ। 

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष सुर्य लाइफमा बीमालेखको सङ्ख्या झन्डै १० प्रतिशतले बढेर ३ लाख ३७ हजार ९२२ पुगेको छ। त्यस्तै खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन क्रमश ४६.९७ प्रतिशत र ४७.०४ प्रतिशतले बढेको छ। 

त्यस्तै यस अवधिमा सूर्या लाइफले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन पनि ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा सुर्य लाइफको चुक्तापुंजी २ अर्ब २६ करोड रहेको छ भने रिजर्भ एण्ड सरप्लसमा ८३ करोड ७६ लाख रहेको छ। त्यस्तै बीमा कम्पनी कति बलियो छ भन्ने कुराको एउटा आधार मानिने जीवन बीमा कोष पनि सुर्य लाइफको ४३.५३ प्रतिशतले बढेर १० अर्ब ६६ करोड पुगेको छ। 

यस अवधिमा सुर्य लाइफको प्रति सेयर आम्दानी १४ रुपैयाँ २९ पैसा, प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ४८ गुणा र मुल्य आम्दानीको अनुपात ६ दशमलब ४३ गुणा रहेको छ। 

सँस्थाले कमाएको एक रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ।  यसको मतलब सुर्य लाइफले कमाएको एक रुपैयाँ आम्दानी बराबर बजारमा लगानीकर्ताले ६ रुपैयाँ ४३ पैसा तिरिरहेको छ भन्ने बुझिन्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved