नेपाल लाइफको जीवन बीमा कोष ११२ अर्ब नाघ्यो, नाफा खुम्चिदा अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 09:47:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष करिब डेढ प्रतिशतले मात्रै खुद मुनाफा बढेको वित्तीय विवरणमा उल्लेख छ। 

अघिल्लो आर्थिक बर्ष ५३ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको नेपाल लाइफले गत आर्थिक बर्ष ५३ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

यस अवधिमा नेपाल लाइफको चुक्तापुंजी ७ अर्ब १९ करोड रहेको छ भने रिजर्भ तथा सरप्लसमा १ अर्ब १ करोड रहेको छ। नेपाल लाइफको जीवन बीमा कोष भने २९.२९ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब पुगेको छ। 

त्यस्तै नेट प्रिमियम १६।९३ प्रतिशतले बढेर ३१ अर्ब ९६ करोड पुगेको छ भने लगानी, कर्जा पनि ३७.५३ प्रतिशतले बढेर ७ अर्ब ७७ करोड पुगेको छ।

नेपाल लाइफको एजेन्ट कमिसन १३.१० प्रतिशतले बढेको छ भने खुद दाबी भुक्तानी पनि ४९.९६ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड पुगेको छ। यस अवधिमा नेपाल लाइफको बीमा लेख १३ लाख ८१ हजार ४३३ रहेको छ। 

यस अवधिमा नेपाल लाइफको प्रति सेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा, प्रति सेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा र मुल्य आम्दानीको अनुपात १५ दशमलब ६९ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved