कोभिडमा पनि फस्टायो हिमालयन डिस्टिलरीको व्यापार, नाफा १२३ % बढ्दा अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 10:09:55 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष हिमालयन डिस्टिलरीले झन्डै १२३ प्रतिशतले खुद मुनाफा बढाएको छ। 

हिमालयन डिस्टिलरीको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष १२३ प्रतिशतले बढेर १ अर्ब ४ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्ष हिमालयन डिस्टिलरीको खुद मुनाफा ४६ करोड ६९ लाख रुपैयाँ थियो। 

त्यस्तै हिमालयन डिस्टिलरीको बिक्रि आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ३६.५० प्रतिशतले बढेर आम्दानी ६ अर्ब ५० करोड पुगेको छ। हिमालयन डिस्टिलरीले गोल्डेन ओक र ब्ल्याक ओक ब्राण्डको मदिरा उत्पादन तथा वितरण गर्दछ।   

त्यस्तै कम्पनीले ६ अर्ब ५० करोड आम्दानी गर्दै गर्दा हिमालयन डिस्टिलरीले बिक्रि तथा वितरणमा ४६ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा यो खर्च झन्डै १०९.८५ प्रतिशतले धेरै हो।   

यस अवधिमा हिमालयन डिस्टिलरीको चुक्तापुंजी ८६ करोड ७७ लाख रहेको छ भने रिजर्भ तथा सरप्लसमा १ अर्ब १३ करोड रहेको छ। हिमालयन डिस्टिलरीको चुक्ता पुंजी ५० प्रतिशतले र रिजर्भ तथा सरप्लस अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै ६९ प्रतिशतले बढेको हो। 

यस अवधिमा हिमालयन डिस्टिलरीको प्रति सेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसा, प्रति सेयर नेटवर्थ २३० रुपैयाँ ९५ पैसा, मुल्य आम्दानीको अनुपात ४५ दशमलब ९६ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved