४१ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 08:35:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा ग्लोबल आईएमई बैंक Global IME Bank Limited को खुद नाफा ४१.८७ प्रतिशतले बढेको छ । बैंकले आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासमा २ अर्ब ९० करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा बैंकको खुद नाफा बढेर ४ अर्ब १२ करोड पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढेर ९ अर्ब  नाघेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७६ करोड रहेको छ । बैंकको संचालन मुनाफा ३८.०५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड पुगेको छ  ।  

यस अवधिमा बैंकको निक्षेप २६.४३ प्रतिशतले बढेर २ खर्ब ६८ अर्ब पुगेको छ भने कर्जा प्रवाह २०.२६ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब पुगेको छ  । 

२१ अर्ब ६३ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १९ अर्ब ५ करोड रहेको छ । बैंकको खराब कर्जा १.७६ प्रतिशतबाट घटेर १.४२ कायम भएको छ । 

यस अवधिमा  बैंकको प्रति शेयर आम्दानी १९.०८ रुपैयाँ, प्रति शेयर नेटवर्थ १५१.११ रुपैयाँ , र मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved