४६ प्रतिशतले बढ्यो बुटवल पावरको नाफा, इपिएसमा सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 09:12:14 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा बुटवल पावर कम्पनी Butwal Power Company  को खुद नाफा ४६.१९ प्रतिशतले बढेको छ ।आघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १८ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेर ७ करोड ५८ लाख पुगेको हो । 

यस अवधिमा कम्पनीले २० करोड ७६ लाख बराबरको बिजुली बेचेको छ भने अन्य स्रोतबाट ३ करोड ३१ लाख कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ३ लाख बराबरको बिजुली बेचेको थियो । 

कम्पनीको चुक्ता पुंजी २ अर्ब ९५ करोड रहेको छ भने रिजर्भमा ४ अर्ब १३ करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ २७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४० रुपैयाँ ७ पैसा रहेको छ ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा थियो भने प्रति शेयर नेट वर्थ २६३ रुपैयाँ ८३ पैसा रहेको थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved