१९ प्रतिशतले बढ्यो अरुण कावेलीको खुद नाफा, ईपिएस ३४ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 09:29:00 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा अरुण कावेली पावर Arun Kabeli Power  को खुद नाफा १९.२३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी खुद नाफा बढेर १३ करोड ५३ लाख पुगेको हो । 

यस अवधिमा कम्पनीले २६ करोड ६९ लाख बराबरको बिजुली बेचेको थियो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २२ करोड ५२ लाख बराबरको बिजुली बेचेको थियो । 

कम्पनीको चुक्ता पुंजी १ अर्ब ५८ करोड रहेको छ भने रिजर्भमा २६ करोड ६९ लाख रहेको छ ।  कम्पनीको प्रति शेयर आम्दानी ३४.१५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२६.८१ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३०.२८ रुपैयाँ थियो भने प्रति शेयर नेटवर्थ ११३.७३ रुपैयाँ थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved