३८ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस २१.६६ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 10:32:25 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.११ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ७ करोड ५६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० करोड ४४ लाख खुद नाफा कमाएको हो ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख पुगेको छ भने संचालन मुनाफा ४५.११ प्रतिशतले बढेर १४ करोड ८८ लाख पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१.६६ रुपैयाँ, पीई रेसियो ४३.४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२७.३७ रुपैयाँ, कोषको लागत ८.५९ रुपैयाँ, बेस रेट १०.३८ प्रतिशत, र स्प्रेड रेट ३.२९ प्रतिशत रहेको छ । 

यस अवधिमा कम्पनीले ९ अर्ब ५३ करोड सापटी लिएको छ भने ९ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved