
चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा सनराइज बैंकको खुद नाफा २१.४७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ९४ करोड ९४ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा घटेर ७४ करोड ५५ लाखमा सिमित भएको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८० प्रतिशतले बढेर १ अर्ब ८३ करोड पुगेको छ । बैंकको बितरणयोग्य मुनाफा भने १० करोड ११ लाख रहेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप २१.४३ प्रतिशतले बढेर १ खर्ब २९ करोड पुगेको छ भने कर्जा प्रवाह १९.८ प्रतिशतले बढेर १ खर्ब २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा बढेर १.४१ प्रतिशत पुगेको छ । १० अर्ब ११ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ५ अर्ब २४ करोड रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १४.७४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १५१.७९ रुपैयाँ र पी रेसियो २०.३६ गुणा रहेको छ ।