
चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा हिमालयन बैंकको खुद नाफा १३.८ प्रतिशतले बढेर छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६५ करोड ३२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर ७४ करोड ३४ लाख पुगेको छ ।
यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २४ करोड ५१ लाख रहेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी ८.९१ प्रतिशतले बढेर १ अर्ब ९१ करोड पुगेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप १७.३७ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब पुगेको छ भने कर्जा प्रवाह १९.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.७२ प्रतिशत रहेको छ । १२ अर्ब ९६ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ७ अर्ब ३९ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ११.४७ रुपैयाँ र प्रति शेयर नेट वर्थ १५७.०५ रुपैयाँ रहेको छ ।
हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने सम्झौता गरेको थियो । तर बैंकको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि मर्जर प्रक्रिया टुटेको छ ।